वालिङमा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालक दुवैको मृत्यु ।

वालिङ, फागुन ८ गते ।
स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जगतभन्ज्याङबाट मिर्दी तर्फ आउदै गरेको ग १ त ६८८६ नम्वरको ट्याक्टर वालिङ ६ को आम्डालीमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परि गम्भिर घाईते भएका चालक चापाकोट २ का नविन सुनार र वालिङ ८ का १४ बर्षका सोविन बिकको उपचारका क्रममा ज्यान गएको हो ।
गएराती ढुंगा बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल झरेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । चालक नविनको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक बिकको पोखरामा मृत्यु भएको प्रहरीको भनाई छ ।

 

Facebook Comments Box
TOP