घाँस काट्न जादाँ लडेर एक महिलाको मृत्यु ।
गोरखा:
जंगलमा घाँस काट्न जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।
गोरखा जिल्ला शहिदलखन गाउँपालिका -१ गैरीगाँउ बस्ने ४० वर्षीया मिन माया थापा मगरको लडेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो अन्दाजी ३:२० बजेको समयमा घर नजिकै धुर्सेपानी जंगलमा घाँस काट्न जाने क्रममा झन्डै ५० मिटर माथि भीरबाट लडेर उनको मृत्यु भएको हो। घटनाको जानकारी पश्चात खटिएको प्रहरीको टोलीले शवको मुचुल्का उठाई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


