मुख्यमन्त्री कपमा बाग्लुङ र म्याग्दी विजयी

स्याङ्जा, फागुन ३ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा पुरुषतर्फ बाग्लुङ र महिलातर्फ म्याग्दीले जितेका छन् । गण्डकी खेलकुद परिषद्ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रतियोगितामा बाग्लुङले पर्वतलाई ३–१ सेटले पराजित गरेको थियो । यस्तै, नवलपुरले तनहुँलाई हराएर तेस्रो बनेको हो ।

महिलातर्फ म्याग्दीले पर्वतलाई सिधा सेटमा पराजित गरेको थियो । यस्तै स्याङ्जाले तनहुँलाई हराउँदै तेस्रो स्थान हात पारेको हो ।

सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ रवि केसी र महिलातर्फ म्याग्दीका अरुण शाहीले १५ हजार नगद र कप प्राप्त गर्नुभयो ।

यस्तै, पुरुषतर्फ विष्णु क्षेत्री (स्पाइकर), सेटर मिन सुनार (बाग्लुङ), ब्लकर हिमाल सुनारी (नवलपुर), रक्षा सौगात जिसी (पर्वत), प्रशिक्षक कृष्ण शेरचन (बाग्लुङ), महिलातर्फ सरभर सोहिन थापा  (स्याङ्जा), ब्लकर मनिषा तिलीजा पुन (म्याग्दी), रक्षा जय मनिषा (स्याङ्जा), सेटर रोबिना घर्ती (म्याग्दी), स्पाइकर रिमा कुँवर (पर्वत), प्रशिक्षक मलिन रोका (म्याग्दी)ले १०/१० हजार नगद प्राप्त गर्नुभयो ।

फागुन १ गतेबाट प्रदेश स्थापना दिवस पारेर गण्डकी खेलकुद परिषद्ले खेलाएको प्रतियोगितामा तृतीयले ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र हात पार्दा प्रथमले एक लाख ५० हजार, द्वितीयले एक लाख नगद प्रदेश स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ ।

प्रतियोगितामा पुरुष तर्फ ११ जिल्ला र महिलातर्फ मनाङबाहेकका १० जिल्लाको सहभागिता थियो । Gorkhapatra online

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP