संसारकै वृद्ध कुकुर !
काठमाडौं । यअसघि संसारको सबैभन्दा वृद्ध कुकुरको रुपमा स्पाइक नामको कुकुर गिनिज बुकमा दर्ज थियो । तर अहिले त्यो भन्दा पनि बुढो कुकुर फेला परेको छ ।
पोर्चुगलमा रहेको बबी नामको कुकुरको उमेर करीब ३१ वर्ष छ । गत १ फेब्रुअरी २०२३ मा बबीको उमेर ३० वर्ष २६६ दिन पुगेको थियो । बबी अहिलेसम्म सबैभन्दा धेरै उमेरसम्म बाँच्ने कुकुर हो ।
पोर्चुगलको लिरिया प्रान्तस्थित कनकिरोज सहरमा एउटा परिवारले सो कुकुर पालेको छ । गाईवस्तुको सुरक्षा गर्ने नश्लको अभिभावक कुकुर हो । राफिलो डो एलनतेजो नश्लको सो कुकुर प्रजातिमा औसत आयु १२ देखि १४ वर्षसम्म हुने गरेकोमा बबी चाहिँ त्यसको दोब्बर भन्दा धेरै बाँचिसकेको छ । लिरिया प्रान्तको लिरिया महानगरपालिका भेटेरेनरी मेडिकल सर्भिसमा यसको जन्मदर्ता रहेको छ । बबीको जन्म सन् १९९२ को मे ११ मा भएको थियो ।
बबीका मालिक ३८ वर्षीय लियोनेल कोस्टाका अनुसार उनका बुवा सिकारी थिए । त्यो बेला लियोनेल ८ वर्षका थिए भने उनीहरुका घरमा धेरैवटा घरपालुवा कुकुर थिए । त्यसैले कुकुरका नयाँ छाउराहरुलाई घरमा पाल्न नसकिने बताएका थिए । त्यसैले घरमा बबी लगायतका धेरै छाउराहरु एकसाथ जन्मिएपछि लियोनेलका बाबुले ती छाउराहरुलाई घरबाट बाहिर निकाले । त्यसबेला लियोनेलकी आमा घरमा थिइनन् । बुवाले कुकुरका धेरै छाउराहरुलाई घरबाट निकालेर अन्तै लगेर छाडिदिँदा लियोनेल र उनका भाइ निकै दुःखी थिए ।
एकदिन लियोनेलकी आमा गिराले आफ्नो घरबाट निकालिएका छाउरामध्ये बबीलाई बाटोमा देखिन् । त्यसपछि उनले बबीलाई घरमा लगेर पाल्ने निधो गरिन् । घरमा ल्याएपछि लियोनेल, उनका भाइ र आमाले त्यसलाई धेरै महिनासम्म लुकाएर राखे । बबीलाई लुकाउने चक्करमा लियोनेल र उनका भाइले धेरै पटक बुवाको पिटाई समेत खाएका थिए ।
तर लियोनेलले त्यत्रो गलफत्ती गरेर पालेको बबीले अहिले इतिहास रचेको छ र कोस्टा परिवारलाई नै गौरवान्वित बनाएको छ । रोचक त के भने उनीहरुलाई अहिलेसम्म बबीलाई साङ्लोले बाँधेका छैनन् र घरभित्र थुनेका पनि छैनन् ।
बबीले करीब १ शताब्दी पुरानो रेकर्ड समेत तोडेको छ । यसअघि अष्ट्रेलियन क्याटल डग ब्लुई सबैभन्दा पाको उमेरसम्म बाँँच्ने कुकुरको रुपमा थियो । सन् १९१० मा जन्मिएको उक्त कुकुर सन् १९३९ मृत्यु हुँदा २९ वर्ष ५ महिनाको थियो ।
– एजेन्सी/Onlinekhabar.com
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


