मुख्यमन्त्री कपमा बाग्लुङ र म्याग्दी विजयी
स्याङ्जा, फागुन ३ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा पुरुषतर्फ बाग्लुङ र महिलातर्फ म्याग्दीले जितेका छन् । गण्डकी खेलकुद परिषद्ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रतियोगितामा बाग्लुङले पर्वतलाई ३–१ सेटले पराजित गरेको थियो । यस्तै, नवलपुरले तनहुँलाई हराएर तेस्रो बनेको हो ।
महिलातर्फ म्याग्दीले पर्वतलाई सिधा सेटमा पराजित गरेको थियो । यस्तै स्याङ्जाले तनहुँलाई हराउँदै तेस्रो स्थान हात पारेको हो ।
सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ रवि केसी र महिलातर्फ म्याग्दीका अरुण शाहीले १५ हजार नगद र कप प्राप्त गर्नुभयो ।
यस्तै, पुरुषतर्फ विष्णु क्षेत्री (स्पाइकर), सेटर मिन सुनार (बाग्लुङ), ब्लकर हिमाल सुनारी (नवलपुर), रक्षा सौगात जिसी (पर्वत), प्रशिक्षक कृष्ण शेरचन (बाग्लुङ), महिलातर्फ सरभर सोहिन थापा (स्याङ्जा), ब्लकर मनिषा तिलीजा पुन (म्याग्दी), रक्षा जय मनिषा (स्याङ्जा), सेटर रोबिना घर्ती (म्याग्दी), स्पाइकर रिमा कुँवर (पर्वत), प्रशिक्षक मलिन रोका (म्याग्दी)ले १०/१० हजार नगद प्राप्त गर्नुभयो ।
फागुन १ गतेबाट प्रदेश स्थापना दिवस पारेर गण्डकी खेलकुद परिषद्ले खेलाएको प्रतियोगितामा तृतीयले ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र हात पार्दा प्रथमले एक लाख ५० हजार, द्वितीयले एक लाख नगद प्रदेश स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ ।
प्रतियोगितामा पुरुष तर्फ ११ जिल्ला र महिलातर्फ मनाङबाहेकका १० जिल्लाको सहभागिता थियो । Gorkhapatra online
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


