वालिङको १३ औँ नगर सभा सम्पन्न
मणी प्रसाद अर्याल,
माघ ११,वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले १३ औँ नगरसभा सम्पन्न गरेको छ । बुधबार नगरपालिकाले १३ औँ नगरसभा सम्पन्न गरेको हो । नगरसभाले दुईवटा ऐन पारित गरेको छ । नगरसभामा सभाध्यक्ष तथा नगरप्रमुख कृष्ण खाँणले पेश गर्नुभएको दुईवटा ऐनहरु नगरसभाको बहुमतले पारित भएको हो । वालिङ नगरपालिकाको साझेदारी कार्यक्रम तथा व्यवस्थापन ऐन,२०७९ र वलिङ नगरपालिकाको निजी साझेदारी ऐन,२०७५(संशोधन प्रस्ताव) नगरसभामा बहुमतका साथ पारित भएको हो ।
नगरसभामा विषयगत उपसमिति संयोजकहरुको प्रतिवेदन प्रस्तुत भएको थियो । सभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले आ.व.२०७९/८० को स्वीकृत आय व्ययको संशोधित विवरण पेश गर्दै हालसम्म विनियोजित बजेटको २३.९५ प्रतिशत बजेट खर्च भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नगर उपप्रमुख गैह«ेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सबैभन्दा कम आर्थिक क्षेत्रमा बजेट खर्च भएको छ । चालु आ.व.मा आर्थिक विकासको लागि विनियोजन गरिएको १० करोड ४१ लाख ६० हजार मध्ये ५.१५ प्रतिशतमात्र बजेट खर्च भएको प्रतिवेदन प्रस्तुत भएको छ । नगरसभामा प्रस्तुत प्रतिवेदन अनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा सबैभन्दा धेरै रकम खर्च भएको छ । चालु आ.व.मा १२ करोड ४७ लाख ५८ हजार बेट कार्यालय सञ्चालनको लागि विनियोजन गरिएकामा पौष मसान्तसम्म ३५.१ प्रतिशत खर्च भएको छ । त्यसै गरी सामाजिक विकासमा ३१.५६ प्रतिशत, पूर्वाधार विकासमा १५.०७ प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २२.६६ प्रतिशत बजेट खर्च भएको प्रतिवेदन नगर उपप्रमुख कविता तिवारी गैह«ेले प्रस्तुत गर्नुभएको छ ।
नगर उपप्रमुख गैह«ेले सशर्त अनुदानमा वालिङका विभिन्न आयोजनाहरुको रकम घटेर कायम भएको उल्लेख गर्नुभयो । वालिङ नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालित ९ वटा आयोजनाहरुको लागि विनियोजन भएको २ करोड १५ लाख मध्ये रकम घटेर ७१ लाख ६१ हजार मात्र कायम भएको बताउनुभयो ।
नगरसभामा न्यायिक समिति, लेखा समिति, सुशासन समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति,वातावरण तथा विपद् व्यवस्थापन समिति लगायतका समितिका संयोजकहरुले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए ।
सभामा पेश गरिएका प्रतिवेदनहरुमा आर्थिक विकासका योजनाहरु, समाजिक विकासमा भएका प्रगति,शैक्षिक गुणस्तर वृद्धिका लागि तय गरिएका योजनाहरु, न्यायिक निरुपण तथा फछ्र्यौट गरिएका न्यायिक मामिला लगायतका विषयमा छलफल भएको थियो ।
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…