मृत भेटिए एक सिङ्गे गैँडा र पाटेबाघ ।
चितवन :
चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे एउटा गैँडा र एउटा पाटेबाघ मृत भेटिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको बगरमा भाले बाघ मृत भेटिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका अनुसार अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हो । यस्तै, चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टर अन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जको कोर क्षेत्रमा एउटा एक सिङ्गे गैँडा मृत भेटिएको छ।
गैँडाको खाग सुरक्षित छ । बाघको आक्रमणका कारण गैँडा मरेको निकुञ्जले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९/०८० मा मर्ने गैँडाको सङ्ख्या ८ वटा पुगेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


