जारी नेपाल टी २० लिगमा ‘स्पट फिक्सिङ’ भएको आशंका गर्दै कमेन्टेटरले लिग छाडे ।
काठमाण्डौ:
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमल्सेनाले लिग छाडेका छन्।
लिगका सुरुवाती दश दिन कमेन्ट्री गरेका उनले लिग छाडेको बताएका हुन्। जारी टी-२० लिगमा ६ टिमको सहभागिता छ। लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स र फार वेस्ट युनाइटेडले भाग लिएको लिगमा अहिले दोस्रो चरणका खेल भइरहेका छन्।
सुरूदेखि नै विवादमा परेको लिगलाई नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको थियो।
दोस्रो चरणको खेल चलिरहँदा उनले लिग फिक्सरको हातमा गएको दाबी गरेका छन्। ‘कतिपय घटना गर्दा यो लिग विवादित मात्र होइन, क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ,’ उनले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै भनेका छन्, ‘आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ। नतिजामा असर गर्दैन। तर खेलको दौरानमा केही त्यस्तो काम हुनेछ, जुन तपाईंलाई पहिले नै गर्न भनिएको हुन्छ।’
फिक्सिङका लागि कतिपय खेलाडी प्रयोग गरिएको समेत उनको दाबी छ।
‘केही टिममा खासै नाम नचलेका विदेशी खेलाडीलाई कप्तानी गराएको देखेँ। त्यो नै सुरूमा अचम्म लाग्दो कुरा थियो,’ उनको भनाइ छ, ‘सिकन्दर राजाजस्ता खेलाडीलाई खेल्दाखेल्दै पनि ड्रप गर्नु तथा बलिङ धार नभएका खेलाडीलाई बलिङ गर्न लगाउने, सोमपाललाई बलिङ नदिएर खासै प्रभाव नभएको बलरलाई रन खानका लागि बलिङ गर्न दिइएको थियो।’
उनले नेपाली खेलाडीलाई समेत फिक्सिङमा प्रयोग गरिएको दाबी गरेका छन्।
‘सबैभन्दा पीडादायी क्षण के रह्यो भने एक जना नेपाली राष्ट्रिय टिमबाट खेलिसकेको अलराउन्डर छन्, उनले नो बल फाले। त्यति लामो नो बल व्यवासायिक क्रिकेटरले गर्नै सक्दैन,’ उनले भनेका छन्। फिक्सिङको आशंका गर्दै लिगका लागि खटिएका एन्टी करप्सन युनिटका व्यक्तिलाई उजुरी गरेको पनि उनको भनाइ छ।
‘लिगमा हदैसम्मको बदनियत देखिन्छ। मैले भएभरको सबैसँग कुरा गरे। नेपाल टी २० फिक्सरको हातमा गएको छ। यसले नेपाली क्रिकेटलाई बिगार्छ। कमन्ट्री गर्दा मैले हरेक बल नियालेर हेरेकाले यस्तो भनिरहेको छु,’ उनको भनाइ छ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


