नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको सिआइबीको प्रारम्भिक निष्कर्ष ।
काठमाण्डौ:
कीर्तिपुरमा जारी नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट देखिएको छ।
सुरूवात देखि नै विवादित बनेको लिगमा बेटिङ र स्पट फिक्सिङको आशंका गरिएको थियो। उक्त आशंकापछि सिआइबीले डिएसपीको नेतृत्वमा अनुसन्धान गरिरहेको छ। यसो त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि लिगमा भएको अवैध बेटिङ र फिक्सिङको आशंकामाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए।
सिआइबीको प्रारम्भिक अनुसन्धानबाट पनि खेलाडीहरू स्पट फिक्सिङमा लागेको देखिएको उच्च स्रोतले जानकारी दियो।
स्पट फिक्सिङमा ३ जना नेपाली खेलाडी र कम्तीमा चार जना विदेशी खेलाडी संलग्न भएको स्रोतले बतायो। उनीहरूलाई एक पटक स्पट फिक्सिङ गरे बापत एक देखि ३ लाखसम्मको अफर गर्ने गरिएको देखिएको छ।नेपाल टी-२० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो। भारतीय कम्पनीलाई विना टेन्डर आयोजना अधिकार दिएपछि लिग विवादित बनेको थियो।
पटक पटक सरेको लिगको मुख्य प्रयोजक कम्पनी वान एक्स ब्याट छ। यो कम्पनी बेटिङ गराउने वान एक्स बेटको सहायक कम्पनी हो। ब्राउजरमा वान एक्स ब्याट डट कम हान्दा सिधैं वान एक्स बेटिङ खुल्ने भएकाले बेटिङ र स्पट फिक्सिङको आशंका भएको थियो।
सेभेन थ्रीकै संग्लग्नतामा फिक्सिङका लागि खेलाडीलाई प्रयोग गर्ने गरिएको क्यानका एक केन्द्रीय सदस्यको आरोप छ।यस्तै लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अलुवालिया भारत पुगेका थिए। लिग विवादित बनेपछि आइसिसीका प्रतिनिधि टिम समेत आएको थिए। उक्त टोलीले सिआइबीसँग पनि गएर भेटेको थियो। आइसिसीको टिमले सिआइबीको अनुसन्धानलाई सहयोग गर्ने बताएको थियो।
समूह चरणको खेल भइरहदा कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आशंका गर्दै आफू अलग भएको घोषणा गरेपछि लिग थप विवादित बनेको थियो। लगत्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङका लागि अफर गरिएको बताएका थिए।
लिगमा फिक्सिङसहितका अन्य अवैध गतिविधिको निगरानीका लागि क्यानले वीर सिंहको नेतृत्वमा एन्टी करप्सन युनिट खडा गरेको थियो। युटिनमा उजुरी आएको केहीदिन पछि कमेन्टेटर र खेलाडीले बोलेका थिए। नियमअनुसार पहिला युटिनमा त्यस्तो उजुरी आउनु पर्ने हुन्छ। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसीलाई खबर गरेपछि अनुसन्धान गरेर गरी कारबाहीको प्रक्रिया अघि बढ्छ।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


