क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त ।
काठमाण्डौ:
बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। शुक्रबार दिउँसो केन्द्रीय कारागार सुन्धाराबाट उनी २० लाख रूपैयाँ धरौटी बुझाएर स-शर्त रिहा भएका हुन्।
जिल्ला अदालत काठमाडौंमा आवश्यक प्रक्रिया पुर्याएपछि उनी उनी थुनामुक्त भएर आफ्नै निजी सवारीमा घर गएको जेलर ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए। उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई बिहिबार धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरूद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो।
उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिवद्धतासहित उनलाई शुक्रबार दिउँसो थुनामुक्त गरिएको हो। उनले अबको कानूनी प्रक्रिया बाहिरबाटै लड्नेछन्। सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ।
सन्दीप थुनामुक्त भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनका वकील सरोजकृष्ण घिमिरेले सन्दीपको अनुपस्थितिमा नेपालको क्रिकेट धराशायी भएको अवस्थालाई मध्यनजर गरी क्यानले पुनः सन्दीपलाई कप्तानी दिनेमा विश्वस्त रहेको बताए। उनले सन्दीप शारीरिक रुपमा ठिक रहेको मानसिक रुपमा काउन्सिलिङमा रहने स्पष्ट पारे।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


