पृथ्वी जयन्तीको अवसरमा भिरकोट नगरपालिकाले सार्वजनिक बिदा दिने

स्याङ्जा,२० पुस । बिश्व हिन्दु युवा संघ स्याङ्जाले पछिल्लो समय विभिन्न पालिकामा गएर पृथ्वी जयन्तिको अबसरमा सार्वजनिक बिदाको माग राख्दै ज्ञापनपत्र बुझाएको छ।आज बिश्व हिन्दु युवा संघ स्याङ्जाले भिरकोट नगरपालिकामा नगर प्रमुख गोबिन्द कर्मचार्य,नगर प्रबक्ता एबम वार्ड न १ अध्यक्ष दिपेन्द्र केसि ,भिरकोट ७ अध्यक्ष तारा प्रसाद अर्याल समक्ष ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्र बुझ्दै भिरकोट नगर प्रमुख गोबिन्द कर्मचार्यले पृथ्वीनारायण शाहले गरेको योगदान हामिले भुल्न नहुने र उहाले गरेको कामको हामिले प्रसंशा गर्न पछि पर्न नहुने बताउनु भयो।उहाले भिरकोट नगरपालिकाले यस बर्ष पनि उहाँको योगदान लाई सम्झ्दै सार्वजनिक बिदा दिने कुरा व्यक्त गर्नु भएको थियो।प्रमुख कर्मचार्यले पृथ्वीनारायण शाहले गर्दा नै आज हामिले नेपाली भन्न पाइएको कुरा ब्यक्त गर्नु भएको थियो। बिश्व हिन्दु युवा संघले गरेको काम प्रती आफुहरु प्रभाबित भएको कुरा बताउनु भयो।
ज्ञापनपत्र बिश्व हिन्दु युवा संघ स्याङ्जाक अध्यक्ष नबराज पौडेल ,जिल्ला सदस्य प्रज्वल रनपाल,राजन रेग्मी ले बुझाउनु भएको थियो।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…