बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न नपाउने ।
काठमाण्डौ:
अब बोतल र जर्किनमा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्न नपाइने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना प्रकाशित गरेर बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको हो ।
परिसरले पेट्रोलियम पदार्थ खुला बिक्री गर्दा तथा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी तथा मानवीय एवम् भौतिक क्षति हुने भएकाले संवेदनशील बन्न आग्रह समेत गरेको छ ।
अटेर गरी कसैले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा कानुन अनुसार हदैसम्मको कारबाही गर्ने चेतावनी पनि प्रहरीले दिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


