बस र स्कुटर ठोक्किँदा एक युवकको मृत्यु ।
तनहुँ:
बन्दीपुर गाउँपालिका–५ याम्पामा बस र स्कुटर एकापसमा ठोक्किँदा आज एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भानु नगरपालिका–१३ समजुर निवासी ३२ वर्षीय शेखमहमद रखिम मियाँ रहेका छन्।
आइतबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको प्र नं ३–०१–००६ ख ०९२४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५५४ नंको स्कुटर एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मियाँको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीले जनाएको छ।
बसचालक जिल्ला सिन्धुली गोलञ्जोर गाउँपालिका–४ बस्ने ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


