नेविसंघ वालिङ क्याम्पसद्वारा सहिद दिवसको अवसरमा दीप प्रज्वलन
वालिङ :
नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्यम्पस इकाई कार्यसमितिद्वारा क्याम्पसको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता वालिङ बहुमुखी क्याम्पस इकाई कार्यसमितिका सभापति कमल कुँवरले गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र न २ स्याङ्जाका सभापति एबम वालिङ नगरपालिकाका नि वर्तमान मेयर दिलीप प्रताप खाँण , विशिष्ठ अतिथि नेपाली कांग्रेस वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डे, नेपाली कांग्रेसका नेता चेतनारायण श्रेष्ठ,क्याम्पस प्रमुख युवराज पाठक,सहायक क्याम्पस प्रमुख विष्णु गैह्रे,प्राध्यापकहरु विष्णु अधिकारी,मधुसुधन आचार्य,विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेल,नेविसंघ वालिङ नगर सभापति दिक्षानत प्रताप खाँण,नेविसंघ नेता विपिन कुँवर,दिलीप श्रेष्ठ,आशिष अर्याल,जनक लामिछाने,सुमना लामिछाने लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि दिलीप प्रताप खाँणले सहिदको सपना पुरा गर्न हामी सबै जनाले देश प्रति उत्तरदायी भएर काम गर्नु पर्ने कुरा बताउनु भएको थियो।सहिदहरु प्रति सम्मान सबैले गर्न पर्ने कुरा बताउनु भएको थियो। सहिदहरुको कारणले नै आज हामीहरूले बोल्न, पढ्न पाइएको कुरा बताउनु भएको थियो।उहाले नेविसंघले राम्रो कार्यक्रम गरेको र यसै गरी अगाडी बढ्न अनुरोध गर्नु भएको थियो।
कार्यक्रममा नगर सभापति नेत्र प्रसाद पाण्डे,क्यम्पस प्रमुख युवराज पाठक लगायतले मन्तब्य राख्नु भएको थियो।स्वागत मन्तब्य नेविसंघ वालिङ बहुमुखी क्याम्पसका विद्यार्थी नेता विपिन कुवँरले राखेका थिए भने कार्यक्रमको सञ्चालन हरी रेग्मीले गरेका थिए

समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


