विमान दुर्घटनामा सवारहरूको पहिचान खुल्यो, कसैलाई जीवित भेट्न सकिने सम्भावना कम रहेको जानकारी ।

yeti plane crash in pokhara

पोखरा:

यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।

आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन् ।  यस्तो छ उपलब्ध यात्रुहरुको सूची:

 

Facebook Comments Box
TOP