सीमा बजारमा भारु १५७ रुपैयाँमा किनबेच ।
भैरहवा:
नेपाल राष्ट्र बैंकले भारतीय सय रुपैयाँबराबरको नेपाली एक सय ६० रुपैयाँ खरिद–बिक्री दर तोकेको छ । तर, पछिल्लो तीन सातादेखि भारतीय सीमानाका भैरहवा बजारमा एक सय ५७ रुपैयाँमा पनि भारतीय मुद्रा बिक्री हुन नसकेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले बताए ।
पछिल्लो केही समयदेखि बजारमा भारतीय मुद्रा प्रशस्त भेटिन थालेको उनको भनाइ छ । रुपन्देहीमा ४० भन्दा बढी मनी चेन्जरहरू छन् । मनी चेन्जरहरूमा पनि नेपालीभन्दा भारतीय मुद्रा बढी हुँदा भारतीय मुद्राभन्दा नेपाली नोट बलियो बनेको लुम्बिनी मनी चेन्जर व्यवसायी समितिका अध्यक्ष ऋषिराम पाण्डेले बताए ।
भारतीय मुद्रा खरिद गर्नेभन्दा बिक्री गर्ने बढी रहेको उनले बताए । भैरहवामा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको तथा क्यासिनोमा आउनेहरूको संख्या पनि बढेकाले भारतीय मुद्रा बजारमा बढी देखिएको हुन सक्ने उनको अनुमान छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा पुस महिनाको किस्ता बुझाउन उद्योगी–व्यवसायीले भारतीय मुद्रा ल्याएका कारण पनि भारतीय नोट धेरै भेटिएको हुन सक्ने उनले बताए । ‘भारतीय व्यवसायीसँग काम गरेका नेपाली व्यवसायीले पुसको किस्ता बुझाउन करोडौँ सापटी ल्याएका छन्,’ उनले भने ।
बैंकमा किस्ता बुझाउन नेपाली पैसा नै चाहिने भएकाले नोक्सान सहेर एक सय ५७ सम्ममा पनि कारोबार गर्न बाध्य भएको एक व्यवसायीले बताए । उनले भने, ‘बैंकमा करोडौँ ब्याज बुझाउनुपर्छ, साथीसँग सापटी माग्दा भारतीय पैसा ल्याइदिन्छन्, नेपाली साट्न खोज्दा एक सय ५७ मा पनि बिक्री हुन कठिन छ, तर बैंकमा बुझाउन बाध्यता छ । त्यसैले नोक्सान सहेर भए पनि काम गरेका छौँ ।’
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


