वामपन्थी नेता घनश्याम भुसाल नेकपा(एकीकृत समाजवादी) मा प्रवेश ।

काठमाण्डौ:
वामपन्थी नेता घनश्याम भूसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । शुक्रबार नयाँबानेश्वरस्थित एक होटलमा आयोजित कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन् ।
नेकपा(एकीकृत समाजवादी) मा प्रवेश गरेका वामपन्थी नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिष्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताएका छन्। एकीकृत समाजवादीमा प्रवेशका लागि आयोजित कार्यक्रममा सम्बोधन गर्दै भुसालले एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गरे।
‘एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत एकीकृत समाजवादीसँगै छ। अब ओलीवादले धराशायी बनाएको कम्युनिष्ट आन्दोलन समाजवादीले नै अघि बढाउँछ,’ भुसालले भने। एमालेले संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवादलाई ध्वस्त बनाएको भुसालले बताए।
‘ओलीवादकै आडमा संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवादलाई ध्वस्त बनाइयो,’ भुसालले भने, ‘ओली विचार, ओली सिद्धान्त र ओली संगठनले धराशायी बनाएको कम्युनिष्ट आन्दोलनाई अब समाजवादीले सबल बनाउँछ।’ मंसिर ४ को चुनावमा एकीकृत समाजवादीले समानुपातिकतर्फ ३ लाख मत ल्याउनु चानचुने कुरा नभएको पनि भुसालले तर्क गरे।
नेकपा एमालेका पूर्वउपमहासचिव भुसालले मंसिरको चुनावमा टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए। रूपन्देही-१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका भुसाल पराजित भएका थिए।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…