गरिमा विकास बैंकको १६औं साधारणसभा सम्पन्न
पोखरा :
गरिमा विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभामा बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु. ४,५९,०८,७३,५०१।८९ (अक्षरेपी चार अर्ब उन्साठी करोड आठ लाख त्रीहत्तर हजार पाँच सय एक र पैसा उनानब्बे मात्र) को १३.०० प्रतिशत बराबर बोनस शेयर बापत रु. ५९,६८,१३,५५५।२५ (अक्षरेपी उन्साठी करोड अठसठ्ठी लाख तेह्र हजार पाँच सय पचपन्न र पैसा पच्चीस मात्र) र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) रु. ६,८८,६३,१०२।५३ (अक्षरेपी छ करोड अठासी लाख त्रीसठ्ठी हजार एक सय दुई र पैसा त्रीपन्न मात्र) गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम रु. ६६,५६,७६,६५७।७८ (अक्षरेपी छैसठ्ठी करोड छपन्न लाख छहत्तर हजार छ सय सन्ताउन्न र पैसा अठहत्तर मात्र) लाभांस प्रस्ताव पारित भएको छ । यस पश्चात, यस विकास बैंकको चुक्ता पुजीँ रु ५,१८,७६,८७,०५७.१४ (अक्षरेपी पाँच अर्ब अठार करोड छेहत्तर लाख सतासी हजार सन्ताउन्न रुपैया पैसा चौध मात्र) पुग्ने छ ।
त्यस्तै गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


