नवनियुक्त मुख्यमन्त्री अधिकारी र ३ मन्त्रीको सपथ
पोखरा :
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको सपथ गराएका छन् । गुरुङले आफ्नै निवास पोखरा सिमलचौरमा सोमबार पौने ५ बजे सपथ गराएका हुन् । त्यसअघि उनले अधिकारीलाई आफ्नै कार्यालयमा मुख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए । अधिकारीले आफ्नो दल एमालेसहित माओवादी, राप्रपा र एक स्वतन्त्र गरी ३३ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए ।
मुख्यमन्त्रीसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङले समेत मन्त्रीको सपथ लिएका छन् । मन्त्रीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । उनीहरु सबै विना बिभागीय मन्त्री भएका हुन् ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


