नवनियुक्त मुख्यमन्त्री अधिकारी र ३ मन्त्रीको सपथ
पोखरा :
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको सपथ गराएका छन् । गुरुङले आफ्नै निवास पोखरा सिमलचौरमा सोमबार पौने ५ बजे सपथ गराएका हुन् । त्यसअघि उनले अधिकारीलाई आफ्नै कार्यालयमा मुख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए । अधिकारीले आफ्नो दल एमालेसहित माओवादी, राप्रपा र एक स्वतन्त्र गरी ३३ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए ।
मुख्यमन्त्रीसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङले समेत मन्त्रीको सपथ लिएका छन् । मन्त्रीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । उनीहरु सबै विना बिभागीय मन्त्री भएका हुन् ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


