बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्दै मनाइयो १० औँ राष्ट्रिय पुस्तक दिवस ।
माघ १३, स्याङ्जा
बसन्त पन्चमी एवं श्री पञ्चमीको अवसरमा मनाउँदै आईएको पुस्तक दिवस नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ स्याङ्जा शाखाले यसवर्ष पनि बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाई पाठ्यसामाग्री बितरण गरेर मनाएको छ । स्याङ्जा शाखा द्वारा वालीङ्ग नगरपालिका वडा नम्बर १४ थुमपोखरा स्थित जनहित माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कापि, कलम सहित बिभिन्न स्टेशनरी सामाग्री बितरण गरियो ।

जनहित माध्यमिक विद्यालयको ५४ औँ वार्षिकोत्सव अवसर पारेर गरिएको कार्यक्रममा स्याङ्ग्जा क्षेत्र नम्बर २ का साँसद धनराज गुरुङ्ग, वालीङ नगरपालिका प्रमुख कृष्ण खाँण, १४ नम्बर वडाध्यक्ष बोधराज कुँवर (राजु), प्रधानाध्यापक मिन बहादुर लुइँटेल, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृता कुँवर, नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासङ्घका केन्द्रीय सदस्य तथा स्याङ्जा शाखाका निवर्तमान अध्यक्ष किसान श्रेष्ठ, गण्डकी प्रदेश सदस्य छायादेवी लुइँटेल, धन बहादुर बहादुर अधिकारी लगायतका अतिथि रहनुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गण्डकी प्रदेश सदस्य पुस्तक व्यवसायी छायाँदेवी लुइँटेलले श्रीपञ्चमीको बिशेष दिन र पाठ्यपुस्तकको महत्वलाई बुझेर यो दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन आग्रह गर्नुभयो, शिक्षक टोप बहादुर अधिकारी, बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लोकनाथ तिवारी, वडा नम्बर १४ का अध्यक्ष बोधराज कुँवर लगायतका वक्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी र उल्लेख्य अभिभावक एवं बिद्यार्थीको उपस्थिति रहेको थियो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा स्याङ्ग्जाका अध्यक्ष रामु लुइँटेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन जिल्ला शाखा सहसचिव युवराज अर्यालले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


