सुदूरपश्चिममा संवैधानिक व्यवस्था अनुसार सभामुख छान्न गठवन्धन असफल ।
काठमाण्डौ:
संवैधानिक व्यवस्था अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नु पर्नेछ। तर यो व्यवस्थाअनुसार सुदूरपश्चिममा गठवन्धन दलहरू सभामुख चयन गर्न असफल भएका छन् जहाँ पुस १८ गते पहिलो बैठक बसेको थियो।
सुदूरपश्चिम प्रदेशमा सभामुख छान्न सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको छ।
आज बिहान बसेको सर्वदलीय बैठकले पोखरामा जहाज दुर्घटनामा परेको शोक आज मनाउने घोषणा भएकोले प्रदेश सभा बैठक मंगलबारसम्म स्थगित गर्ने सहमति गरेको हो।
प्रदेश सभा सचिवालयले मंगलबार बिहान १० बजे अर्को बैठक बस्ने जानकारी दिएको छ। सुदूरपश्चिमका सांसदले गत पुस १५ गते शपथ लिएका थिए। गत पुस २८ र पुस ३० मा सभामुख छान्न मतदान भए पनि सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी नै तटस्थ बसेको थियो। यहाँ नागरिक उन्मुक्तिका ७ जना सांसद छन्।
समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


