नेपाल भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा ।
काठमाण्डौ:
ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । जसअनुसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको छ ।
टीआईका अनुसार अघिल्लो वर्ष नेपालको स्थान ११७ औँ स्थानमा रहेकामा यो वर्ष केही सुधार भएपनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको टीआई नेपालले मंगलबार जारी गरेको रिपोर्टमा उल्लेख छ ।
सीपीआई २०२२ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८अङ्क, २५ औँ, मालदिभ्सले ४० अङ्क ८५ औँ, भारतले ४० अङ्क ८५ औँ, श्रीलङ्काले ३६अङ्क १०१ औं, नेपालले ३४ अङ्क ११० औं , पाकिस्तानले २७ अङ्क १४० औ, बङ्गलादेशले २५ अङ्क १४७ औ र अफगानिस्तानले २४ अङ्क १५० औं प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४५ अङ्क ६५ औँ प्राप्त गरेको छ ।यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मुलुकमा भ्रष्टाचार गम्भिर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ ।
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


