नेपाल भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा ।

काठमाण्डौ:
ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । जसअनुसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको छ ।
टीआईका अनुसार अघिल्लो वर्ष नेपालको स्थान ११७ औँ स्थानमा रहेकामा यो वर्ष केही सुधार भएपनि भ्रष्टाचार हुने मुलुकहरूको श्रेणीमै कायम रहेको टीआई नेपालले मंगलबार जारी गरेको रिपोर्टमा उल्लेख छ ।
सीपीआई २०२२ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८अङ्क, २५ औँ, मालदिभ्सले ४० अङ्क ८५ औँ, भारतले ४० अङ्क ८५ औँ, श्रीलङ्काले ३६अङ्क १०१ औं, नेपालले ३४ अङ्क ११० औं , पाकिस्तानले २७ अङ्क १४० औ, बङ्गलादेशले २५ अङ्क १४७ औ र अफगानिस्तानले २४ अङ्क १५० औं प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४५ अङ्क ६५ औँ प्राप्त गरेको छ ।यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मुलुकमा भ्रष्टाचार गम्भिर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…