कालोसूचीमा पर्ने कम्पनीको संख्या गत वर्ष भन्दा दोब्बर ।
काठमाण्डौ:
चालु आर्थिक वर्षको ६ महिनामा सरकारले विभिन्न ७८ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को साउन १ देखि माघ १५ सम्ममा कालोसूचीमा पर्ने कम्पनीहरुको संख्या ७८ पुगेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा यो संख्या ४१ वटा फर्म तथा कम्पनी थिए ।
कालोसूचीमा पर्ने अधिकांश कम्पनीहरुमध्येमा सबैभन्दा धेरै निर्माण सम्बन्धी कम्पनीहरु रहेका छन् । कालोसूचीमा राखिएका ७८ कम्पनीहरुमध्ये ५८ वटा कम्पनीहरु निर्माणसँग सम्बन्धित कम्पनीहरु छन् ।
त्यस्तै, १७ वटा कम्पनीहरु आपूर्तिकर्ता कम्पनीहरु रहेका छन् । यी बाहेक ३ कम्पनीहरु भने अन्य किसिमका सेवा प्रदायक कम्पनी रहेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/ ०७९ को तुलनामा चालु आर्थिक वर्षको माघ १५ सम्ममा कालोसूचीमा पर्ने कम्पनीहरुको संख्या करिब दोब्बर रहेको छ ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


