सशस्त्र प्रहरी बल ३० नं गुल्मको पाँचौं स्थापना दिवस मनाईयो
वालिङ, १० माघ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेडक्वाटर स्याङ्जाको पाँचौं स्थापना दिवस आज मनाईएको छ । वालिङ ८ घ्याङलिङमा रहेको सशस्त्र प्रहरी बल गुल्मकारुपमा स्थापित भएको पाँचांै वर्ष प्रवेशको सन्दर्भ पारेर स्थापना दिवस मनाईएको हो । स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक एवं मुक्तिनाथ बाहिनीका बाहिनीपति शम्भु सुबेदीले जिल्लाको शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले शान्ति सुरक्षासहित दैवि विपत्ति लगायतका घटनाहरुमा स्थानीयको साथ र सहयोगबाट अहिलेसम्म काम हुँदै आएको र भोलिका दिनमा पनि साथ र सहयोग रहिरहने अपेक्षासमेत गर्नुभयो ।
यस स्थानमा सुरक्षा प्रदान गर्दै आएको सशस्त्र प्रहरीकालागि स्थायी जग्गा नभएकाले स्थायी जग्गा उपलब्ध गराई सहयोग गर्न पनि उहाँले सो अवसरमा आग्रह गर्नुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले वालिङ तथा स्याङ्जा जिल्लाकै शान्ति सुरक्षा र अमनचयन कायम राख्नकालागि विगतदेखि नै सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै यसको स्थायित्वकालागि जग्गाको खोजी कार्य भईरहेको र यो छिट्टै समाधान हुने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा वालिङ नगर उपप्रमुख कविता तिवारी गैह«े, पूर्व नगर प्रमुख दिलीपप्रताप खाँण, निमित्त प्रमुख जिल्ला अधिकारी नमिता रेग्मी, ३० नं. गुल्मका गुल्मपति राजनलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले सशस्त्र प्रहरी वालिङ तथा स्याङ्जाको शान्ति सुरक्षाकालागि आवश्यक रहेकाले हालको स्थान वा अन्यत्र पायक पर्ने स्थानको खोजी गरेर भएपनि छिटोभन्दा छिटो स्थायित्व प्रदान गर्नकालागि पहल गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
स्थापना दिवसका अवसरमा नवनिर्मित ब्यारेक र मेडिकल कक्षको उद्घाटन एवं हाजिरीजवाफ प्रतियोगिता, दौड प्रतियोगिता, ब्याडमिण्टन प्रतियोगिता तथा टेवलटेनिस प्रतियोगितामा सहभागी भई उत्कृष्ट भएका प्रहरीहरुलाई पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा हालसम्म विभिन्न तह र तप्काबाट सहयोग पु¥याउने संघ संस्था तथा ब्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।Radio aandhikhola
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


