स्याङ्जामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

स्याङ्जा

स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट शुक्रबार साँझ एक पैदल यात्रुको मृत्यु भएको छ।

बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले बाटोमा हिँडिरहेका पुतलीबजार ११ करेण्डाँडाका ७२ वर्षीय यामबहादुर जिटीलाई ठक्कर दिँदा जिटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पदमबहादुर थापाले जानकारी दिए।

ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पैदलयात्रुको ज्यान गए पछि आफन्त र स्थानीयवासीले राती अवेर सम्म सडक अवरुद्ध गराएका थिए । अहिले पनि सडक सूचारु भएको छ ।

Facebook Comments Box
TOP