स्याङ्जामा समानुपातिकतर्फ कांग्रेसलाई सबैभन्दा धेरै मत
स्याङ्जा :
जिल्लामा मंसिर ४ गते आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना सकिएको छ । समानुपातिक तर्फको समेत अन्तिम परिणाम आइसकेको छ ।
स्याङ्जामा कांग्रेसले समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार स्याङ्जामा नेपाली कांग्रेसले संघतर्फ समानुपातिकमा ५३ हजार ४ सय ३० मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा एमालेले ५० हजार ४ सय ८८ मत प्राप्त गर्दै संघको समानुपातिक तर्फ दोस्रो स्थानमा रहेको छ
यता तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । स्वतन्त्र पार्टीले २२ हजार २ सय २६ मत प्राप्त गरेको छ भने माओवादी केन्द्र ४ हजार ९ सय ९ मत प्राप्त गर्दै चौथोँ स्थानमा रहेको छ ।त्यसो त ३ हजार ४८ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाचौँ स्थानमा रहेको छ भने छैटौँमा मंगोल नेशनल अर्गनाइजेशन पार्टी रहेको छ । मंगोल नेशनल अर्गनाइजेशनले १ हजार ४ सय १६ मत ल्याएको छ ।
यता माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीले ८ सय ६२ मत प्राप्त गरेको छ भने अन्यमा २ हजार ३ सय ७१ मत प्राप्त भएको आयोगले जनाएको छ ।त्यस्तै समानुपातिकको प्रदेश तर्फ नेपाली कांग्रेसले ६१ हजार २ सय ५५ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा एमालेले ५६ हजार ६ सय मत प्राप्त गर्दै प्रदेशको समानुपातिक तर्फ दोस्रो स्थानमा रहेको छ ।
यता तेस्रो स्थानमा राप्रपा आएको छ । राप्रपाले ४ हजार ७ सय ४७ मत प्राप्त गरेको छ भने माओवादी केन्द्र ४ हजार ७ सय २४ मत प्राप्त गर्दै चौथोँ स्थानमा रहेको छ ।
त्यसो त २ हजार १ सय ३ मतसहित मंगोल नेशनल अर्गनाइजेशन पार्टी पाचौं स्थानमा रहेको छ । हाम्रो नेपाली पार्टीले १ हजार १ सय ५ मत ल्याउदा यता माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीले ९ सय ४२ मत प्राप्त गरेको छ भने अन्यमा ३ हजार ३ सय ६६ मत प्राप्त भएको आयोगले जनाएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


