स्याङ्जा २ : कांग्रेसका धनराजको दुई हजार बढिको अग्रता कायमै, प्रदेशमा पनि कांग्रेसले लियो अग्रता ।
वालिङ,मङ्सिर १७ गते ।
स्याङ्जा निर्वाचन क्षेत्र नं.२ मतगणना भईरहेको छ । पछिल्लो नतिजा अनुशार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नु भएको छ । उहाँले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई २२१३ मतले पछि पार्नु भएको हो ।
कांग्रेसका गुरुङले २२४८० मत पाउनु भएको छ भने एमाले की अर्यालको २०२६७ मत रहेको छ ।
अर्याल निरन्तर पछाडि हुनुहुन्छ । एमालेले आशा गरेको क्षेत्रमा समेत अर्यालले मत पाउन सक्नु भएन ।
यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७२३८ मत प्राप्त गर्नु भएको छ ।
यसैबीच स्याङ्जा २ को (क) तर्फ भने नेपाली कांग्रेसका महेश भट्टराई अग्रता लिनु भएको छ । शुरुबाट नै अग्रता लिई रहनु भएका नेकपा एमालेका डाक्टर बुद्धिमान श्रेष्ठलाई १४२ मतले पछि पार्दै भट्टराईले अग्रता बनाउनु भएको हो ।
भट्टराईले १०२६१ मत पाउनु भएको छ भने श्रेष्ठको १०११९ मत छ ।
अव गणना गर्न गल्याङ ११ र चापाकोटका १० वटा वडा रहेको छ ।
स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१ मत खसेको थियो । अहिले सम्म प्रतिनिधि सभा तर्फ ३९ हजार ६१२ मत गणना भईसकेको छ ।
प्रदेश (क) को भने गणना सम्पन्न भईसकेको छ । जसमा कांग्रेसका भोजराज अर्याल विजयी हुनु भएको छ । pic-ujyalo
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


