स्याङ्जा २ : धनराजलाई २४ सय १८ को अग्रता, पद्मा अर्याल निरन्तर पछाडि ।
वालिङ,मङ्सिर १६ गते ।
स्याङ्जा निर्वाचन क्षेत्र नं.२ मतगाणना भईरहेको छ । पछिल्लो नतिजा अनुशार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नु भएको छ । उहाँले नेकपा नेकपा (एमाले ) की पद्मा कुमारी अर्याललाई २४१८ मतले पछि पार्नु भएको हो ।
कांग्रेसका गुरुङले ११९२० मत पाउनु भएको छ भने एमाले की अर्यालको ९५०२ मत रहेको छ ।
अर्याल निरन्तर पछाडि हुनुहुन्छ । एमालेले आशा गरेको क्षेत्रमा समेत अर्यालले मत पाउन सक्नु भएन ।
स्याङ्जा २ को (क) अन्तर्गत गल्याङ नगरपालिकाको वडा नम्वर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्वर ५, ६, ७,८र ९ वालिङको १,२,५,६,७,८,९,१०,११,१२ र१३ नम्वर वडाको मत गणना भईसकेको छ । अव वडा नं १४ मात्र बाँकी रहेको छ ।
यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५१९२ मत प्राप्त गर्नु भएको छ ।
प्रतिनिधि सभा तर्फ अहिले सम्म २८५६० मत गणना भएको मा १०८५ मत बदर भएको छ ।
स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१ मत खसेको थियो ।
यसैबीच प्रदेश सभा (क) मा कांग्रेसका भोजराज अर्याल २६५२ मतान्तरले अगाडि हुनुहुन्छ ।
भोजराज अर्याल १३८४७ मत ल्याउदा एमालेका मोहन रेग्मीले १११९५ मत पाउनु भएको छ । सो प्रदेशमा अव वडा नं. १४ को २८३८ मत मात्र गणना बाँकी रहेको छ ।
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


