स्ववियु निर्वाचन फागुन २८ मा गर्न प्रस्ताव ।
काठमाण्डौ:
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले आगामी फागुन २८ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।
शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बुधबार बसेको बैठकले विद्यार्थी संगठनसँगको परामर्शपछि निर्वाचन मितिबारे अन्तिम टुंगोमा पुग्ने निर्णय गरेको हो ।
त्रिविका ९ वटै संस्थान र संकायका डिनसँग चुनावी तयारीका विषयमा परिषद्ले छलफल गरेको थियो । विद्यार्थी भर्ना, पठनपाठन र परीक्षाको अवस्थाबारे जानकारी लिएको भुसालले जनाए । चुनावको मिति घोषणा भएपछि नयाँ विद्यार्थी भर्ना लिन नपाइने व्यवस्था छ । ‘फागुन २८ मा निर्वाचन गर्ने मोटामोटी सल्लाह भएको छ, निर्णय गरिसकेका छैनौं, विद्यार्थी संघ–संगठनसँग पनि छलफल गरेर निर्णयमा पुग्छौं ।’
विद्यार्थी कल्याण परिषद्को सिफारिसमा कार्यकारी परिषद्ले स्ववियु निर्वाचनको मिति तय गर्ने त्रिवि संगठन तथा शैक्षिक प्रशासन नियममा उल्लेख छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विद्यार्थीसँग परामर्श गरेपछि पुनः बैठक बसेर निर्वाचन मिति सिफारिस गरिने शिक्षाध्यक्ष भुसालले जनाए । निर्देशनालयले विद्यार्थी संगठनका प्रतिनिधिसँग छलफल गर्ने तयारी अघि बढाएको जनाएको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


