फुटबल इतिहासकै कीर्तिमानी पारिश्रमिकमा क्रिस्टियानो रोनाल्डो साउदीको क्लबमा आबद्ध ।
काठमाण्डौ:
पोर्चुगलका स्टार फुटबलर ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् ।
म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७.७ करोड पाउन्डमा सम्झौता गरेका हुन् । रोनाल्डोको तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै भनिएको छ ।
रोनाल्डोलाई यसअघि साउदीकै अर्को क्लब अल हिलालले पनि भित्र्याउने प्रयास गरेको थियो तर सफल भएन । अन्ततस् रोनाल्डो साउदीकै नासरसँग अनुबन्ध भए ।रोनाल्डो अनुबन्ध भएको क्लब साउदीको चर्चित क्लब हो । जसले ९ पटक साउदी लिग जितेको छ । रोनाल्डोलाई भित्र्याएपछि क्लबले नयाँ इतिहासको सुरु भएको बताएको छ ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


