आठ सदस्यीय मन्त्रिपरिषद् गठन, राष्ट्रपतिसमक्ष शपथ ग्रहण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आज सोमबार शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिनुभयो । त्यस्तै, अन्य सात जना मन्त्रीहरूले पनि शपथ लिनुभयो । प्रधानमन्त्रीमा दाहालले शपथ लिनुभएपछि उपप्रधानमन्त्रीमा तीन जना र विना विभागीय मन्त्रीमा चार जनाले पद तथा गोपनीयताको शपथ लिनुभयो ।
राष्ट्रपति भण्डारीसमक्ष उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले शपथ लिनुभयो ।
त्यस्तै, विनाविभागीय मन्त्रीहरूमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिनुभयो ।
आज शपथ लिनुभएका आठ सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित एक उपप्रधानमन्त्री गरी दुई जना, नेकपा (एमाले) बाट एक उपप्रधानमन्त्रीसहित चार मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री र जनमत पार्टीबाट अब्दुल खाँले शपथ लिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…