गण्डकी प्रदेश सभाका लागि कांग्रेसले टुंग्यायो समानुपातिक सांसद (सूची)
काठमाण्डौं :
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीन वटा प्रदेशसभाको समानुपातिक सांसदको टुंगो लगाएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिक सांसदको नाम टुंगो लगाएको कार्यसम्पादन समितिका सदस्य रमेश रिजालले बताए।
‘गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि महिलाहरू मात्रै पठाउनुपर्ने थियो। आयोगमा पहिले पेश गरेको बन्दसूची अनुसारनै ती नामहरू समितिले टुंगो लगायो। लुम्बिनी, बागमती, मधेस प्रदेश र प्रदेश १ मा पुरूष सांसदहरू समेत सिफारिस गर्नुपर्ने भएपछि ती प्रदेश सभाका साथै केन्द्रमा पनि पुरूष सांसद सिफारिसको जिम्मेवारी सभापतिलाई दिएका छौं,’ रिजालले सेतोपाटीसँग भने।
गण्डकीमा दलित महिला तर्फ दिल माया पौ.बी, टीकाकुमारी बस्याल चयन भएका छन्।
जनजाति महिलातर्फ विमला गौचन र रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ।
यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएको रिजालले जानकारी दिए।
यता कर्णालीमा दलित महिलातर्फ लक्ष्मी सुनार चयन भएकी छन्।
जनजाति महिलातर्फ बलिमाय बुढा चयन हुँदा खसआर्य महिलाबाट जानकी सिंह, विजया बुढा र इन्द्रकुमारी शाही चयन भएका हुन्।
यता, सुदूरपश्चिम प्रदेशमा दलित महिलातर्फ ललिता सुनार चयन हुँदा खसआर्यबाट मधु भारती, सरस्वती खड्का, जुना दानी, डम्बरी महरा र तुलसी देवकोटा चयन भएका छन्। यस्तै थारूतर्फ गीताकुमारी चौधरी चयन भएकी छन्। कार्यसम्पादन समितिको बैठकले तीन वटा प्रदेशसभाको समानुपातिक सांसदको टुंगो लगाएको छ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


