५०० मेगावाटको कालीगण्डकी-२ जलाशययुक्तको क्षेत्र निर्धारण गर्न सुझाव माग
काठमाडौं :
कालीगण्डकी नदीमा पहिचान भएको ५०० मेगावाटको कालीगण्डकी-२ जलाशययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार गर्ने क्रममा क्षेत्र निर्धारण गर्न राय/सुझाव माग गरिएको छ ।
विद्युत विकास विभागले आयोजनाको क्षेत्रधिकार निर्धारण गर्न सरोकारवालासँग राय/सुझाव माग गरेको हो । स्थानीय सरोकारवालाले आयोजना निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा राय/सुझाव मागिएको छ ।
विभागका अनुसार आयोजनाबाट गण्डकी प्रदेशको स्याङजा, तनहुँ, नवलपुर र लुम्बिनी प्रदेशको पाल्पा जिल्ला प्रभावित हुनेछ । स्याङजाको गल्याङ नगरपालिका (१,२,९, १०, ११) चापाकोट नगरपाकिाका (१, २, ३, ४, ५, ६, ७, ८, ९, १०), हरिनास गाउँपालिका (६, ७), विरुवा गाउँपालिका (६) र बालिङ नगरपालिका (७) का स्थानीय प्रभावित हुनेछन् ।
तनहुँको देवघाट गाउँपालिका (१,२) ऋषिङ गाउँपालिका (१,२,३,४,५, ६, ७,८), व्यास गाउँपालिका (१३,१४) घिरिङ गाउँपालिका (१,२,३,४,५) भिमाद नगरपालिका (१,४) का स्थानीय प्रभावित हुने विभागले जनाएको छ । नवलपुरका गैडाकोट नगरपालिका (३,१८), ब्लिङटार गाउँपालिका (१,२,३,४,५,६), बौदीकाली गाउँपालिका (१,२,३,४,५,६) का स्थानीयसँग राय/सुझाव मागिएको छ ।
यस्तै, पाल्पाको निस्दी गाउँपालिकाको (१,२,३,४,५,६, ७), रामपुर नगरपालिका (१,२,३,४,५,६, ७, ८, ९, १०), पूर्वखोला गाउँपालिका (१,२,३,४,५,६), माथागढी गाउँपालिका (१,२,३,४), रम्भा गाउँपालिका (१,२,३,४,५) र बगनासकाली गाउँपालिका (३,४,५,६) का स्थानीयका लागि राय÷सुझाव पठाउन आग्रह गरिएको छ ।
स्थानीयले आगामी २७ गते (मंगलबार) भित्र विभागको कार्यालयमा पुग्ने गरी राय/सुझाव पठाउनुपर्नेछ । आयोजनाको कालीगण्डकी नदीको खाल्टेमा १५० मिटर उचाईको बाँध निर्माण गरी ३६० मिटर पूर्ण आपूर्ति सतह रहने जलाशयबाट पानी छोडी बाँधको फेदमै अवस्थित विद्युतगृहबाट विद्युत उत्पादन हुने गरी प्रस्ताव गरिएको छ । साभार- उर्जाखवर डटकमबाट Pic-File
समाचार
थप सामाग्री
खुमा फाउण्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
२ दिन अगाडि
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शिक्षा, स्वस्थ्य, खेलकुद…


