जर्मनी र बेल्जियम समूह चरणबाटै बाहिरिए, जापान समुह विजेता हुँदै अन्तिम १६ मा ।

 

काठमाण्डौ:
पूर्व विश्वविजेता जर्मनी फिफा विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएको छ। समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा कोस्टारिकालाई ४-२ गोलले हराए पनि जर्मनी गोलअन्तरमा स्पेनसँग पछि पर्दै बाहिरियो।

समूहमा शीर्ष स्थानको जापानले ६ अंक जोड्दा स्पेन र जर्मनीले चार चार अंक जोडे। जर्मनी बाहिरिनुको मुख्य कारण जापानले जित बन्यो। जापानले अन्तिम १६ मा स्थान बनाउने क्रममा समूहमा पूर्वविश्वविजेताद्वय स्पेन र जर्मनीलाई हरायो। एसियन टिम जापान फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।

समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा स्पेनलाई २-१ गोलले हराउँदै जापान अन्तिम १६ मा पुगेको हो। जापानले आफू १६ मा पुग्ने क्रममा दुई विश्व विजेतालाई हराउने इतिहास बनायो। यसअघि जापानले पहिलो खेलमा जर्मनीलाई पनि २-१ ले हराएको थियो। जापान अन्तिम १६ मा पुगेसँगै जर्मनी भने बाहिरियो।

अन्तिम खेलमा जापानले एक गोलले पछि पारेको अवस्था उल्टाएको थियो। स्पेनले खेलको एघारौं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो। जापानका लागि ४८ मिनेटमा डोआन र ५१ मिनेटमा तानाकाले गोल गरेका थिए।

समूहमा जापानले ६ अंक जोड्न सफल भयो। यसअघि जापानले समूहमा जर्मनीलाई पनि हराएको थियो। कोस्टारिकासँग भने जापान पराजित भएको थियो।

यता जापानसँग पराजित भए पनि स्पेन अन्तिम १६ मा पुग्न सफल भयो। पहिलो खेलमा कोस्टारिकालाई हराएको स्पेनले दोस्रो खेलमा जर्मनीसँग बराबरी खेलेको थियो। पहिलो खेलमा कोस्टारिकालाई ७-० गोलले हराएकाले स्पेन गोलअन्तरमा चार गोलले अघि रह्यो। चार अंक जोडेको स्पेनले जर्मनीलाई गोलअन्तरमा पछि पार्‍यो। अन्तिम खेलमा कोस्टारिकालाई ४-२ गोलले हराए पनि चार अंक नै जोडेको जर्मनी भने स्पेनसँग गोलअन्तरमा पछि पार्दै बाहिरियो।

पहिलो खेलमा जापानसँग पराजित भएको जर्मनीले दोस्रो खेलमा स्पेनसँग बराबरी खेलेको थियो। अन्तिम खेलमा कोस्टारिकालाई हराए पनि जर्मनीलाई अन्तिम १६ मा पुग्न पर्याप्त हुन सकेन।

समुह एफमा चार अंक जोडेको बेल्जियम भने बाहिरियो। तेस्रो बनेको बेल्जियमले पहिलो खेलमा क्यानडालाई हराएको थियो। दोस्रो खेलमा मोरक्कोसँग हार्दा बेल्जियम निर्णायक तथा अन्तिम खेलमा क्रोएसियासँग बराबरीमा रोकिएर बाहिरियो।

Facebook Comments Box
TOP