राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीका अबसरमा सार्वजनिक बिदाको माग ।

biswo hindu mahashangh

वालिङ :
बिश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्तीको अबसरमा सार्बजनिक बिदाको माग गरेको छ । संघले आज वालिङ नगरपालिकामा ज्ञापनपत्र बुझाउदै पुस २७ गते बिदाको माग गरेको हो ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख कृष्ण खाँणले पृथ्वीनारायण शाहले गरेको योगदान नेपालीले भुल्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो, “नेपाली जनतालाई एकताबद्ध गराउने कामको श्रेय उहाँलाई नै जान्छ ।”
यस्तै उपप्रमुख कबिता तिवारी गैह्रेले पनि पृथ्वीनारायण शाहले गर्दा नै नेपालीको राष्ट्रियता बलियो भएको बताउनु भयो । नेपाली जनातालाई एउटै मालामा गास्ने काम शाहले गर्नुभएको भन्दै उपप्रमुख तिवारीले उहाँलाई कहिले पनि भुल्न नहुने बताउनु भयो ।
बिश्व हिन्दु युवा संघको माग प्रती आफुहरु सकारात्मक रहेको उहाँहरुको भनाई छ ।
ज्ञापनपत्र बुझाउदै बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले नेपाल राष्ट्र निर्माण गर्ने ब्यक्तिलाई बिर्सन नहुने बताउनु भयो । पछिल्लो समय पृथ्वीनारायण शाहलाई बिर्सने काम भएकोे भन्दै पौडेलले भन्नुभयो, “हाम्रो राष्ट्रियता कमजोर हुनुमा पुर्खाले गरेको योगदानको अवमुल्यन गरिएकोले हो, अव हामी उहाँहरुको योगदानलाई उच्च सम्मान गर्नु पर्दछ ।”


ज्ञापनपत्र बुझाउन बिश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य डण्डपानी पङ्गेनी, समाजसेवी गोबिन्द पङ्गेनी, जिल्ला सह प्रबक्ता कुशल बस्याल, जिल्ला सदस्य प्रज्वल रणपाल, राजन रेग्मी, समाजसेवी कमल कुँवर लगायतको सहभागिता रहेको थियो ।
बिश्व हिन्दु युवा संघ स्याङ्जाले बिहिबार नै गल्याङ नगरपालिकामा पनि ज्ञापनपत्र बुझाएको जनाएको छ ।
संघले गएको बर्ष पनि सार्वजनिक बिदाको माग गर्दै स्याङ्जाका बिभिन्न पालिकामा ज्ञापनपत्र बुझाएको थियो जसको प्रभावबाट जिल्लाका ७ वटा पालिकाले सार्वजनिक बिदा समेत दिएका थिए ।

Facebook Comments Box
TOP