पत्रकार महासंघ स्याङ्जाको १३ औं साधारणसभा सम्पन्न ।
वालिङ,पुष २ गते ।
नेपाल पत्रकार महासंघ स्याङ्जाको १३ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटीले पत्रकारिता समाजको ऐना बन्नु पर्ने बताउनु भएको छ । नागरिकलाई राज्यले समान रुपले हेर्ने बनाउन पत्रकारहरुके महत्वपूर्ण भूमिका रहेने बताउनु भयो, उहाँले भन्नुभयो,‘पत्रकार सदैव सर्वसाधारण नागरिकको आवजा बोल्नु पर्दछ ।’
प्रमुख जिटिले शिक्षा, स्वास्थ्य जस्ता आधारभुत पक्षलाई राज्यले निशुल्क उपलव्ध गराउनु पर्दछ । आधारभूत पक्षलाई व्यवहारिक रुपमा लागु गर्नका लागि पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने जिटीको तर्क छ ।
कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति केदार काफ्ले, कालीगण्डकी गाउँपालिकाका प्रमुख तथा गाउँपालिका महासघंका महासचिव खिमबहादुर थापा, स्याङ्जा प्रहरी प्रमुख राजीव बहादुर बस्नेत, पत्रकार महासङ्घ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, पत्रकार महासङ्घका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा,प्रेस सेन्टर गण्डकीका अध्यक्ष अर्जुन काफ्ले,नेपाल प्रेस युनियनका अध्यक्ष प्रदीप कोइराला, प्रेस चौतारीका केन्द्रीय सदस्य हिमलाल पराजुली,प्रेस चौतारीका उपाध्यक्ष मणि प्रसाद अर्याल,रेडियो आँधीखोलाका अध्यक्ष नेत्र प्रसाद पाण्डे लगायतले बोेलेका थिए ।
महासंघका उपाध्यक्ष भवानी अधिकारीले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले र कार्यक्रमको सञ्चालन सचिव युवा पत्रकार प्रतीक्षा काफ्लेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


