प्रतिनिधि सभातर्फ सबै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक
काठमाण्डाै :
प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १ सय ६५ निर्वाचन क्षेत्रकै नतिजा आएको हो । यो जितसँगै माओवादी केन्द्र १८ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेसले ५७, एमालेले ४४, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७/७ ठाउँमा जितेका छन् ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक/एक ठाउँमा जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
१ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ तमाखुबारीमा घाँस काट्न जाँदा भिरबाट लडेर २८ वर्षीय एक युवकको ज्यान गएको छ । घरबाट…


