भान्सा व्यवस्थापन तालिम सम्पन्न ।
वालिङ,पुस ४ गते ।
वालिङ नगरपालिका वडा नं. ४ मा रहेको सुन्तलावारी होमस्टेलाई ईको होमिस्टे र ईको पर्यटनमा परिणत गरिने भएको छ । सुन्तलै सुन्तलाको गाँउको रुपमा परिचित रहेको वालिङ नगरपालिका वडा नं ४ खाल्टेलाई व्यवस्थित गर्न भान्सा व्यवस्थापन अर्थात खाना पकाउने तालिम सञ्चालन गरिएको हो ।
वालिङ नगरपालिका, संयुक्त राष्टसंघीय विकास कार्यक्रम युएनडिपी, र दियालो संस्थाको सहकार्यमा वालिङमा सञ्चालन भईरहेको हरित पुनः उत्थान कोभिड १९ र उद्धार प्रतिकार्य पहल परियोजना अन्तर्गत ईको होमिस्टे सञ्चालनका लागि भान्सा व्यवस्थापन तालिम सञ्चालन गरिएको हो ।
ईको होमिस्टेका लागि आवश्यक पर्ने पूर्वाधारहरु,वातावरणीय तयारी लगायतका कामहरु समेत भईरहेकाछन् ।
स्थानीय उत्पादनबाट बनेका परिकाहरुलाई नै होमिस्टेमा आउने पाहुनाहरुलाई खुवाउने मुख्य लक्ष्यका साथ ईको होमिस्टेमा काम भईरहेको होमिस्टेका अध्यक्ष क्या.दिलविक्रम गुरुङले जानकारी दिनुभयो ।
सुन्तलै सुन्तलाको गाँउको रुपमा रहेको सुन्तलावारी होमिस्टेलाई नयाँ रुप दिईने भएपछि पर्यटकको आकर्षण बढ्ने स्थानीयको बुझाई रहेको छ ।
स्थानीय स्तरमा नै उत्पादन हुने बस्तुहरु खुवाएर पर्यटकलाई फरक स्वाद दिने होमस्टेको तयारी छ ।
तालिममा कोदोको रोटी,आलुको चिप्स,सुन्तलाको जाम थिचेको आलु, लछा पराठा,रोटीको चिप्स, घरमा नै भुटेको आलु,काँचो मेवाको सलाद, काज्चीवा टिमुरको छोप,मकैको रोटी र चिप्स,गाज।को हल्वा,साधेको मेवा लगायतका सामाग्री बनाउन सिकाईएको प्रशिक्षक प्रिन्स गुरुङले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्गको वालिङबाट झण्डै ४५ मिनेटमा होमस्टे पुग्न सकिन्छ । सो ठाँउमा पुग्ने बाटो कच्ची भए पनि यात्रा निक्कै रमाईलो हुने गर्दछ ।
२०७० सालमा सुन्तला पर्यटनलाई जोड दिदै सुन्तलावारी होमस्टेको स्थापना गरिएको उपाध्यक्ष खेमराज गुरुङले जानकारी दिनुभयो ।
तालिम पश्चात गाँउमा नै उत्पादन भएका खादान्नवालीको प्रयोग गरी अतिथि सत्कार गरिने होमिस्टे सञ्चालकको तयारी छ ।
५ दन सम्म चलेको भान्सा व्यवस्थापन तथा खाना पकाउने तालिममा ३० जनाका सहभागिता रहेको दियालो संस्थाका अध्यक्ष सीता पंगेनी गैह्रेले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


