पुनः मतदानको माग गर्दै वालिङमा प्रर्दशन

स्याङ्जा ५ मंसिर ।

स्याङ्जा क्षेत्र नं. २ का ४ मतदान केन्द्रहरुमा पुनः मतदानको घोषणा माग गर्दै वालिङमा प्रर्दशन गरेका छन् । हिँजो भएको निर्वाचनमा चापाकोट नगरपालिकाका ४ मतदान केन्द्रहरुको बुथ क्याप्चर गरी अधिकतम मत खसालेको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका अन्य दल तथा स्वतन्त्र उम्मेदवारले पुनः मतदानको माग गरेका छन् ।

उक्त पार्टी सम्बद्ध कार्यकर्ताहरुले अहिले नगरपालिका गेटमा प्रर्दशन गरेका छन् । उनीहरुे बिकाउ अधिकृत मुर्दावाद, निर्वाचन अधिकृत राजिनामा दे, पुनः मतदान घोषणा गर, गुण्डागर्दी बन्द गर, जनताको स्वतन्त्र मताधिकार सुनिश्चित गरलगायतका नारा लगाएर अहिले प्रर्दशन गरिरहेका छन् ।

 

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP