वालिङ नगरपालिकाले अत्यावश्यक सेवा सुचारु गर्ने ।
स्याङजा,मङ्सिर ११ गते ।
मतगणनाको विवादले लामो समय देखि बन्द रहेको वालिङ नगरपालिका सोमवारबाट आंशिक रुपमा खुल्ने भएको छ । नगरपालिकाले अत्यावश्यक सेवा सूचारु गर्ने तयारी गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । प्रमुख खाँणका अनुशार नगरपालिकाको पछाडि पट्टिको गेटबाट अत्यावश्यक सेवा सूचारु गरिनेछ ।
स्याङ्जा निर्वाचन क्षेत्र नं २ को कार्यालय रहेको वालिङ नगरपालिका मंसिर १ गते देखि बन्द रहेको छ । नगरपालिका बन्द रहेपछि सेवाग्राही मर्कामा पर्दै आएकाछन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदशसभा सदस्य निर्वाचन अन्तर्गत चापाकोटमा भएको मतदानका बिषयमा विवाद हुँदा मतगणा सूचारु हुन सकेको छैन ।
नगरपालिकाका गेट नजिकै नेपाली कांग्रेस र नेकपा (एमाले)ले धर्ना र नारावाजी गर्दै आएकाछन् जसका कारण सो क्षेत्रको सूरक्षा व्यवस्था समेत कडा पारिएको छ । नगरपालिकाका सय भन्दा कर्मचारीहरु नगरपालिका गेट नजिकै एक सहकारीमा राखिएको हाजिरी पुस्तिकामा हाजिर गरेर घर जाने गरेकाछन् ।
चापाकोटका ४ वटा बुथमा कांग्रेसले बुथ कव्जा गरेको एमालेले आरोप लगाएको छ । कांग्रेसले तत्कालै मतगणना शुरु गर्न माग गरेको छ भने एमालेले ४ वटा बुथमा तत्कालै मतदान गर्न माग गरेको छ ।
नगरपालिका लामो समय बन्धक बनेको भन्दै वालिङका नागरिकले सामाजिक सञ्जाल मार्फत विरोध गर्दै आएकाछन् ।
तस्विर : बन्द रहेको नगरपालिका

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


