वालिङ नगरपालिकाले अत्यावश्यक सेवा सुचारु गर्ने ।

स्याङजा,मङ्सिर ११ गते ।
मतगणनाको विवादले लामो समय देखि बन्द रहेको वालिङ नगरपालिका सोमवारबाट आंशिक रुपमा खुल्ने भएको छ । नगरपालिकाले अत्यावश्यक सेवा सूचारु गर्ने तयारी गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । प्रमुख खाँणका अनुशार नगरपालिकाको पछाडि पट्टिको गेटबाट अत्यावश्यक सेवा सूचारु गरिनेछ ।
स्याङ्जा निर्वाचन क्षेत्र नं २ को कार्यालय रहेको वालिङ नगरपालिका मंसिर १ गते देखि बन्द रहेको छ । नगरपालिका बन्द रहेपछि सेवाग्राही मर्कामा पर्दै आएकाछन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदशसभा सदस्य निर्वाचन अन्तर्गत चापाकोटमा भएको मतदानका बिषयमा विवाद हुँदा मतगणा सूचारु हुन सकेको छैन ।
नगरपालिकाका गेट नजिकै नेपाली कांग्रेस र नेकपा (एमाले)ले धर्ना र नारावाजी गर्दै आएकाछन् जसका कारण सो क्षेत्रको सूरक्षा व्यवस्था समेत कडा पारिएको छ । नगरपालिकाका सय भन्दा कर्मचारीहरु नगरपालिका गेट नजिकै एक सहकारीमा राखिएको हाजिरी पुस्तिकामा हाजिर गरेर घर जाने गरेकाछन् ।
चापाकोटका ४ वटा बुथमा कांग्रेसले बुथ कव्जा गरेको एमालेले आरोप लगाएको छ । कांग्रेसले तत्कालै मतगणना शुरु गर्न माग गरेको छ भने एमालेले ४ वटा बुथमा तत्कालै मतदान गर्न माग गरेको छ ।
नगरपालिका लामो समय बन्धक बनेको भन्दै वालिङका नागरिकले सामाजिक सञ्जाल मार्फत विरोध गर्दै आएकाछन् ।
तस्विर : बन्द रहेको नगरपालिका
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…