स्याङ्जा २ मतगाणना : एमाले की अर्याल अगाडि ।
स्याङजा,मङ्सिर १५ गते ।
स्याङ्जा निर्वाचन क्षेत्र नं.२ मतगाणना गए रातीबाट शुरु भएको छ । प्रारम्भिक नतिजा अनुशार नेकपा (एमाल)े की पद्मा कुमारी अर्यालले अग्रता लिनु भएको छ । अर्यालले २३०४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका धनराज गुरुङले १७०३ मत पाउनु भएको छ । अर्याल ६०१ मतले अगाडि हुनु हुन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ३९९ मत पाउनु भएको छ ।
यस्तै स्याङ्जा २ (क) मा पनि नेकपा(एमाले)का मोहन रेग्मी अगाडि हुनुहुन्छ । रेग्मीले २४०९ मत पाउनु भएको छ भने कांग्रेसका भोजराज अर्यालले १८३० मत पाउनु भएको छ । प्रदेशमा एमालेका रेग्मी ५७९ मतले अगाडि हुनुहुन्छ ।
अहिले सम्म गल्याङ नगरपालिका ६ र ७ तथा भिरकोट ५ गणना गरिएको छ ।
स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेकी सचिव पद्या कुमारी अर्याल र स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङबीच मुख्य प्रतिस्पर्धा छ ।
स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१ मत खसेको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


