स्याङजा : ५० प्रतिशत मत खसेको प्रारम्भिक विवरण, स्याङ्जाका सबै मतदान केन्द्रमा निर्वाच्न सम्पन्न ।

वालिङ, मङ्सिर ४ गते ।
स्याङजामा सामान्य विवाद र केहीवेरको अवरोधका बीच निर्वाचन सम्पन्न भएको छ । स्याङ्जाका मूख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीका अनुशार केही ठाँउमा विवाद र केही वेर समस्या आएको भए पनि सबै ठाउमा निर्वाचन शौहार्द रुपमा सम्पन्न भएको बताउनु भयो ।
प्रारम्भिक तथ्याङ्क अनुशार ५० प्रतिशन भन्दा केही बढि मत खसेको छ । यसको अन्तिम विवरण भने आउन बाँकी रहेको छ ।
जिल्लाका चापाकोट नगरपालिका वडा नम्वर १ को भानुमावि मतदान केन्द्रमा दिउसो ३ घण्टा मतदान अवरुद्ध भएको थियो । काँग्रेस र एमालेका प्रतिनिधिहरु वीच कुटाकुट हुँदा एक राउण्ड हवाई फायर नै गर्नु परेको थियो । कुटपिट गर्ने वडा सदस्य समेत रहेका एमालेका प्रतिनिधि शन्तोष थापालाई कारवाही गर्ने सहमती भए पछि मतदान सूचारु भएको थियो ।
यस्तै चापाकोट नगरपालिका वडा नम्वर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा बिबादका कारण मतदान २ घण्टा ढिलाई भएको थियो । स्वतन्त्रको प्रतिनिधिको रुपमा एमालेका नेता नै आएको भन्दै काँग्रेसले बिरोध जनाए पछि मतदानमा ढिलाई भएको हो ।
उता गल्याङ ७ को मनहरी खर्क मतदान केन्द्रमा पनि विवादका कारण दिउसो १ घण्टा मतदान अवरुद्ध भएको थियो । प्रहरीले १ राउण्ड हावई फायर गरी अवस्थालाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
स्याङ्जा २ मा मतदान सौहार्द रुपमा सम्पन्न भएको क्षेत्र नं. २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो हामीलाई प्राप्त विवरण अनुशार शान्त रुपमा सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन जिल्लाको एक सय ९९ मतदान स्थल भित्र ३ सय २० मतदान केन्द्र रहेको थियो ।
प्रतिनिधी सभा सदस्या र प्रदेश सभा सदस्यको चुनावका लागि स्याङ्जामा दुई लाख ४४ हजार ८९ जना मतदाता रहेकाछन् । २०७९ मसिंर ३ गते सम्म १८ बर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम भएका व्यक्तिहरुले मतदान गर्न पाउनेछन् ।
स्याङ्जा क्षेत्र नम्वर १ मा एक लाख २७ हजार चार सय ११ जना र क्षेत्र नम्वर २ मा एक लाख १६ हजार छ सय ७८ जना मतदाता रहेकाछन् ।
क्षेत्र नम्वर १ (क) मा ६२ हजारपाँच सय ५७ जना र (ख) मा ६४ हजार ८ सय ५४ जना मतादाता रहेकाछन् । त्यस्तै क्षेत्र नम्वर २ (क) मा (५४) हजार एक सय ९१ र (ख) मा ६२ हजार चार सय ८७ जना मतदाता रहेकाछन् ।
काँग्रेस उपसभापति गुरुङ र एमाले सचिव अर्यालद्धारा मतदान ।
राधाकृष्ण डुम्रे/अर्जुन काफ्ले
वालिङ, मङ्सिर ४ गते ।
नेपाली काँग्रेसका उपसभापति तथा स्याङ्जा २ का प्रतिनिधि सभा सदस्यका उमेद्वार धनराज गुरुङ र नेकपा (एमाले) का सचिव तथा स्याङ्जा २ का प्रतिनिधि सभा सदस्य पदका उमेद्वार पद्मा कुमारी अर्यालले मतदान गर्नु भएको छ ।
गुरुङले स्याङ्जाको अर्जुन चौपारी रानीचरी खाल्टेमा रहेको मतदान केन्द्रमा मतदान गर्नु भएको हो । गुरुङले आफैलाई भने मतदान गर्न पाउनु भएन । उहाँले मतदान गरेको क्षेत्र १ नम्वर हो भने उहाँ २ नम्वरको उमेद्वार रहनु भएको छ ।
यस्तै अर्यालले स्याङ्जाको वालिङ १४ तिवारी पसल मतदान केन्द्रमा मतदान गर्नु भएको हो । सो मतदान केन्द्र अर्यालको माईती गाँउ हो ।

 

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP