स्याङ्जामा तीन जनालाई आक्रमण गरी घाइते बनाएको चितुवा घरभित्रै मृत भेटियो ।
वालिङ,कात्तिक २५ गते ।
स्याङजाको वालिङमा तीन जनालाई आक्रमण गरी घाइते बनाएको चितुवा घरभित्रै मृत अवस्थामा भेटिएको छ । वालिङ नगरपालिका वडा नम्वर १४ का चण्डिप्रसाद पराजुलीको घरमा थुनिएको चितुवा घरभित्रै मृत भेटिएको हो ।
शुक्रवार बिहान वालिङ नगरपालिका–१४ र १२ को सिमानामा पर्ने कफ्लेटीमा चितुवाले आक्रमण गर्दा वालिङ–१२ का कृष्ण प्रसाद न्यौपाने, वालिङ–१४ की तुलसी पराजुली र लक्ष्मी पराजुली घाइते हुनुभएको थियो । खेतमा काम गरिरहेको बेला न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेर तुलसा र लक्ष्मीलाई पनि आक्रमण गरि घाइते बनाएको थियो । त्यसपछि बाहिरबाट स्थानीयले ढोका लगाइदिएपछि चितुवा घरभित्रै थुनिएको थियो । पछि उद्धारको टोली आएपछि हेर्दा चितुवा मृत भेटिएको ईलाका बन कार्यालय वालिङका प्रमुख सरोज जर्मकटेलले जानकारी दिनुभयो । घाइते तीनै जनाको उपचार भइरहेको वालिङ नगरपालिका १४ का वडाध्यक्ष बोधराज कुँवरले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


