स्याङ्जा-आठ मत हराएको भन्दै कांग्रेसद्धारा पुनः मतगणनाको माग ।

स्याङ्जा :
स्याङ्जाको क्षेत्र नं १ प्रदेश (क) मा ८ मतको हिसाव नमिलेको भन्दै कांग्रेसले पुनः मतगणनाको माग गरेको छ । फेलदीखोला गाँउपालिका वडा नं. ५ को मतगाणनाको क्रममा ८ मतको हिसाव नमिलेको हो । सो क्षेत्रमा नेकपा (एमाले)का सुधिर कुमार पौडेल ६ मतान्तरले बिजयी हुनु भएको थियो ।
कांग्रेसका नेता तथा कार्यकर्ताहरुले हराएको ८ मत खोज्नका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी दिईएको कांग्रेसका प्रतिस्पर्धी बुद्धिबहादुर राना कुमारले जानकारी दिनुभयो । हामीले ८ मतको टुंगो नलागे सम्म अन्तिम नतिजा घोषणा नगर्न भनेका छौं, यदी त्यासो नगरिएमा हामी अदालत जान्छौं रानाले भन्नुभयो ।
अहिले स्याङ्जा सदरमुकाममा कांग्रेस कार्यकर्ताहरुले नारावाजी गरिरहेकाछन् ।
यसैवीच मुचुल्का र मत गणनाको रेकर्ड रुजु गर्ने काम भईरहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पौडेलले १७ हजार चार सय ४१ मत ल्याउदा रानाले १७ हजार चार सय ३५ मत ल्याउनु भएको थियो ।

 

Facebook Comments Box
TOP