स्याङ्जा २ को मतगणना शुरु हुँदै ४ बजेका लागि बोलाईयो सर्वदलिय बैठक ।

Election Office Syangja-2 --(2)

स्याङजा,मङ्सिर १४ गते ।
स्याङ्जा क्षेत्र नं. २ को मतगणना शुरु गर्नका लागि आज ४ बजे सर्वदलिय बैठक बोलाईएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुशार निर्वाचन आयोगले तत्कालै मतगणना शुरु गर्नु भन्ने निर्देशन दिए पश्चात आजबाट नै मतगणना शुरु गर्ने तयारी छ ।
अहिले ४ बजे बोलाईएको सर्वदलिय बैठक पश्चात तत्कालै मतगणना शुरु हुने र आफूहरु तयारी अवस्थामा रहेको निर्वाचन अधिकृत शर्माले जानकारी दिनयो ।
लामो समयको अन्योलताका वीच निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने र तत्कालै मतगणना शुरु गर्ने निर्णय गरेको थियो ।
मङ्सिर ४ गते सम्पन्न भएको मतदानको ११ दिन पछि मतगणना शुरु हुन लागेको हो ।
चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले)ले आरोप लगाउदै पुनः मतदानको माग गर्दै आएको थियो भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको थियो । दुवै दलले सडकमा धर्ना समेत दिदै आएका थिए ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP