आन्तरिक विवादका कारण राप्रपा स्याङ्जाको ठूलो समूह निर्वाचनमा सहभागी नहुने ।

वालिङ, कात्तिक २९ गते :
राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जामा पार्टीको आन्तरिक विवादका कारण ठूलो समुहवाट निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
पार्टीको आन्तरिक विवाद समाधान नगरिकन मनोमानी ढंगवाट निर्वाचनमा उम्मेदवार वनाएर अगाडी वढेकोमा आपत्ती जनाउदै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको असन्तुष्ट पक्षको जिल्ला अध्यक्ष ज्ञानप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
राप्रपाको एकता पछि नवौं महाधिवेशनको तयारीका लागि पार्टीको केन्द्रीय समितीले तोकेको कार्यकारी अध्यक्ष ज्ञानप्रसाद न्यौपाने र कार्यवहाक अध्यक्ष भुमिजंग केसीले जिल्लाका सवै तहको अधिवेशन तयारी गर्दा केन्द्रवाट कमल थापा नेतृत्वका साथीहरुले निलकण्ठ काफ्ले र मदन कार्कीको मिलेमोतोमा न्यौपानेको अध्यक्षतामा बसेको वैठकलाई कुल्चेर होटलमा बसेर वडा अधिवेशन, गाँउ अधिवेशन र नगर अधिवेशन गरी इन्द्र गुरूङलाई जिल्ला अध्यक्ष वनाएपछि पार्टी भित्र विवाद श्रृजना भएको थियो ।
पछि न्यौपाने समुहले पनि निर्धारित तालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गरी केन्द्रमा कागजात पठाएपछि पार्टी भित्र विवादले ठूलो रुप लिएको थियो । केन्द्रको महाधिवेशनमा न्यौपाने समुहले भाग लिन नपाएपछि एकलौटीरुपमा गुरूङ समुहको मात्र उपस्थिती रहेको थियो । न्यौपाने २०४८ सालवाट निरन्तर पार्टीमा क्रियाशिल नेता हुन ।
न्यौपाने समुहवाट गत स्थानीय तहको निर्वाचनमा तटस्त बसेको कुनै उम्मेदवारी नदिएको र मतदानमा पनि सहभागी नभएको जनाएका छन् । यस पटकको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पनि उक्त समुहको सल्लाह विना अन्य पार्टीवाट आएका नयाँ मान्छेलाई उम्मेद्वार बनाएका कारण न्यौपाने समुहको जिल्ला समितीको आकस्मिक वैठक बसी आगामी मंसिर ४ गतेको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
राप्रपावाट प्रतिनिधि सभा तर्फ क्षेत्र नं १ वाट खेम गुरुङ, क्षेत्र नं २ वाट लालगोपाल अर्याल र प्रदेश तर्फ क्षेत्र नं १ क वाट सुर्यलाल श्रेष्ठ, प्रदेश ख वाट गोविन्द प्रसाद उपाध्याय र क्षेत्र नं २ प्रदेश क वाट सागर गैह्रे र ख वाट कमल प्रसाद डुम्रे लाई उम्मेद्वार बनाएको छ ।
क्षेत्र नं २ वाट प्रतिनिधि सभामा लालगोपाल अर्याललाई उम्मेदवार बनाएपछि पार्टी भित्रै असन्तुष्टी वनेको वुझिएको छ । अर्यालले प्रतिस्पर्धी पार्टीका उम्मेदवारसँग पैसा समेत लिएको आरोप लागेको छ । उमेद्वार अर्यालले प्रतिस्पर्धी दलका नेताहरुसँग निरन्तर भेटघाट गर्ने गरेको भन्दै राप्रपाका कार्यकर्ताहरुले बिरोध समेत जनाएको बताईएको छ । अर्याल काँग्रेसवाट टिकटका आकाँक्षी हुनुहुन्थ्यो । उहाँ राप्रपा प्रवेश गरेर प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बन्नु भएको हो ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…