नेपालले पहिलो पटक यु-१९ क्रिकेट विश्वकप आयोजना गर्ने ।

icc worldcup 2019

काठमाण्डौ:

नेपालले पहिलो पटक महिला क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ।  बंगलादेशसँग मिलेर नेपालले सन् २०२७ मा हुने यू-१९ महिला टी-२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने मौका पाएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सन् २०२७ मा यू-१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो। जसमा नेपालले बंगलादेशसँग मिलेर यू-१९ महिला टी-२० विश्वकपको आयोजना गर्नुपर्नेछ। यस्तै २०२४ को यू-१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु-१९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन्।

यस्तै सन् २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु-१९ महिला टी-२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन्। नेपालले पहिलो पटक कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको हो।

गत जेठमा आइसिसी यू-१९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो। २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू-१९ महिला टी-२० विश्वकप आयोजना हुन लागेको छ।

Facebook Comments Box
TOP