नेपालले पहिलो पटक यु-१९ क्रिकेट विश्वकप आयोजना गर्ने ।
काठमाण्डौ:
नेपालले पहिलो पटक महिला क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ। बंगलादेशसँग मिलेर नेपालले सन् २०२७ मा हुने यू-१९ महिला टी-२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने मौका पाएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सन् २०२७ मा यू-१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो। जसमा नेपालले बंगलादेशसँग मिलेर यू-१९ महिला टी-२० विश्वकपको आयोजना गर्नुपर्नेछ। यस्तै २०२४ को यू-१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु-१९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन्।
यस्तै सन् २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु-१९ महिला टी-२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन्। नेपालले पहिलो पटक कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको हो।
गत जेठमा आइसिसी यू-१९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो। २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू-१९ महिला टी-२० विश्वकप आयोजना हुन लागेको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


