काफ्लेलाई काँग्रेसको कार्यवहाक जिल्ला सभापतिको जिम्मेवारी
वालिङ :
नेपाली काँग्रेस स्याङ्जाको कार्यबहाक सभापतिको जिम्मेवारी केदार काफ्लेलाई दिएको छ । स्याङ्जाका सभापति तथा क्षेत्र नम्वर १ का प्रतिनिधिसभा उम्मेदवार राजु थापाले नेपाली काँग्रेस स्याङ्जाका उपसभापति काफ्लेलाई कार्यबहाक सभापतिको जिम्मेवारी दिएका हुन् । सभापति थापा स्याङ्जा क्षेत्र नम्वर १ को प्रतिनिधिसभा उम्मेदवार भएपछि पार्टीलाई चलायमान बनाउन काफ्लेलाई कार्यबहाकको जिम्मेवारी दिइएको हो ।
सभापति थापाले काफ्लेलाई नेपाली काँग्रेसको विधान धारा १२ को उपधारा ७ (ट) ले दिएको अधिकार प्रयोग गरी नेपाली काँग्रेस जिल्ला कार्यसमितिको कार्यबहाक सभापतिको जिम्मेवारी दिएको जानकारी दिएका छन् । कात्र्तिक १४ गतेदेखी लागु हुनेगरी सभापति थापाले काफ्लेलाई नेपाली काँग्रेसको विधानको अधिनमा रही पाटीको हितमा कार्य गर्ने विश्वास लिएको समेत उनले जनाएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका उपसभापति समेत रहेका काफ्ललेको पार्टीमा छुट्टैखाले पहिचान रहेको छ । उनको कार्यदक्षता, पार्टीप्रतिको मेहनत, पाटीमा रहेर लामो समय काम गरेको अनुभव छ । तिन निर्वाचन क्षेत्र रहदा स्याङ्जा क्षेत्र नम्वर २ को क्षेत्रीय सभापति रहेर काम गरेका काफ्ले सफल क्षेत्रीय सभापतिमा पहिचान बनाएका थिए ।
यसैगरी नेपाली काँग्रेस स्याङ्जाले मंसिर ४ गतेको निर्वाचनका लागि काँग्रेस सहित गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन समितिहरु गठन गरेको छ । जिल्ला स्तरीय अनुगमन समितिको संयोजकमा कार्यबहाक सभापति केदार काफ्ले, चुनाव प्रचार प्रसार समितिको संयोजकमा सचिव दामोदर लम्साल, सुचना तथा सञ्चारमा पार्टीका प्रवक्ता भरतराज लम्साल, सुचना तथा प्रविधि समितिको संयोजकमा त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष फणिन्द्र पौडेल रहेका छन् । क्षेत्र, प्रदेश, पालिका र वडास्तरमा बिशेष समिति समिति अगाडी बढाउने गरी समिति गठन हुने नेपाली काँग्रेस स्याङ्जाले जनाएको छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


