मुक्तिनाथ विकास बैंकद्धारा कर्जा मिनाहा
प्रकाश डोटेल,
स्याङ्जा, १८ कार्तिक
मुक्तिनाथ विकास बैंकले कर्जा लिएका सदस्यको कर्जा मिनाहा गरेको छ । बैंकले स्याङ्जाको अर्जुनचौपारी शाखा अन्र्तगत लद्युवित्त मार्फत कर्जा लिएका सदस्यको मृत्युपछि कर्जा मिनाहा गरेको हो ।
बैंक मार्फत कर्जा लिएका अर्जुनचौपारी गाउँपालिका १ रैतेका डिलमाया विश्वकर्माको मृत्युपछि कर्जा मिनाहा गरेको बैंकले जनाएको छ । एक लाख ५० हजार कर्जा लिएका सदस्यको तिर्न बांकी साँवा, व्याज र तिरे सकेको साँवा र ब्याज समेत फिर्ता गरेको छ ।
कर्जा लिएर तिर्न बाँकी रहेको साँवा र ब्याज ६ हजार ७ सय ६ रुपैयाँ सहित तिरी सकेको साँवा र ब्याज रकम १ लाख ६६ हजार ५ सय २० रुपैयाँ तथा काजक्रिया खर्च स्वरुप ७ हजार ५ सय गरी १ लाख ८० हजार ७ सय २६ रुपैयाँ मृतकका पति ठाकुर विश्वकर्मालाई हतान्तरण गरेको बैंकले जनाएको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत कर्जा वापत फिर्ता गरेको तथा तिर्न बाँकी साँवा र ब्याज रकम फिर्ता गरी मिनाहा गरिएको बैंकका अर्जुनचौपारी शाखा प्रमुख निर्मल मरासिनीले बताए । लद्युवित्त मार्फत कर्जा लिएका सदस्यको मृत्यु भएमा कर्जा रकम मिनाहा गरी काजक्रिया खर्च समेत बैंकले दिने गरेको मरासिनीले जानकारी दिए ।
मृतक विश्वकर्माका परिवारलाई रकम हतान्तरण कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रणबहादुर थापा र मुक्तिनाथ विकास बैंक स्याङ्जाका अनुगमन अधिकृत बालकृष्ण रेग्मीले समग्रहमा हेर्दा बैंक नाफामुखी भएपनि समस्या आईपर्दा सेवाग्राहीको सारथी बन्ने गरेको बताए ।
२०६३ देखि “जनता बैंमा होईन, बैंक जनतामा जानुपर्छ” भन्ने मुल नारा सहित आधुनिक, लद्युवित्त र सिमित बैंकिङ्ग कारोबार गर्दै आएको मुक्तिनाथ विकास बैंकले स्थापना कालदेखि लद्युवित्त मार्फत विपन्न तथा महिलाको आर्थिक विकास टेवा पुर्याउँदै आएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


