मुक्तिनाथ विकास बैंकद्धारा कर्जा मिनाहा

प्रकाश डोटेल,
स्याङ्जा, १८ कार्तिक

मुक्तिनाथ विकास बैंकले कर्जा लिएका सदस्यको कर्जा मिनाहा गरेको छ । बैंकले स्याङ्जाको अर्जुनचौपारी शाखा अन्र्तगत लद्युवित्त मार्फत कर्जा लिएका सदस्यको मृत्युपछि कर्जा मिनाहा गरेको हो ।

बैंक मार्फत कर्जा लिएका अर्जुनचौपारी गाउँपालिका १ रैतेका डिलमाया विश्वकर्माको मृत्युपछि कर्जा मिनाहा गरेको बैंकले जनाएको छ । एक लाख ५० हजार कर्जा लिएका सदस्यको तिर्न बांकी साँवा, व्याज र तिरे सकेको साँवा र ब्याज समेत फिर्ता गरेको छ ।

कर्जा लिएर तिर्न बाँकी रहेको साँवा र ब्याज ६ हजार ७ सय ६ रुपैयाँ सहित तिरी सकेको साँवा र ब्याज रकम १ लाख ६६ हजार ५ सय २० रुपैयाँ तथा काजक्रिया खर्च स्वरुप ७ हजार ५ सय गरी १ लाख ८० हजार ७ सय २६ रुपैयाँ मृतकका पति ठाकुर विश्वकर्मालाई हतान्तरण गरेको बैंकले जनाएको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत कर्जा वापत फिर्ता गरेको तथा तिर्न बाँकी साँवा र ब्याज रकम फिर्ता गरी मिनाहा गरिएको बैंकका अर्जुनचौपारी शाखा प्रमुख निर्मल मरासिनीले बताए । लद्युवित्त मार्फत कर्जा लिएका सदस्यको मृत्यु भएमा कर्जा रकम मिनाहा गरी काजक्रिया खर्च समेत बैंकले दिने गरेको मरासिनीले जानकारी दिए ।

मृतक विश्वकर्माका परिवारलाई रकम हतान्तरण कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रणबहादुर थापा र मुक्तिनाथ विकास बैंक स्याङ्जाका अनुगमन अधिकृत बालकृष्ण रेग्मीले समग्रहमा हेर्दा बैंक नाफामुखी भएपनि समस्या आईपर्दा सेवाग्राहीको सारथी बन्ने गरेको बताए ।

२०६३ देखि “जनता बैंमा होईन, बैंक जनतामा जानुपर्छ” भन्ने मुल नारा सहित आधुनिक, लद्युवित्त र सिमित बैंकिङ्ग कारोबार गर्दै आएको मुक्तिनाथ विकास बैंकले स्थापना कालदेखि लद्युवित्त मार्फत विपन्न तथा महिलाको आर्थिक विकास टेवा पुर्‍याउँदै आएको छ ।

Facebook Comments Box
TOP