आयोगले गरायाे चुनावको तयारीबारे कूटनीतिक नियोगलाई जानकारी
काठमाण्डाै :
निर्वाचन आयोगले आउँदै गरेकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावबारे नेपालमा रहेका कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ ।
आयोगले सोमबार नेपालमा रहेका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई चुनावबारे जानकारी गराएको हो । आयोगकाे केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराउनुभएको हो । उहाँले चुनावलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
आयोगका उपसचिव कमल भट्टराईले चुनावका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, चुनाव अनुगमन गर्ने संस्था तथा पर्यवेक्षकहरुको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले चुनावमा मतदानपछि सुरक्षा संवेदनशीलताको दृष्टिले महत्वपूर्ण मानिएको मतपेटिका सुरक्षाको लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरि व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
भट्टराईले ३ वटा अन्तर्राष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई चुनाव अनुगमनको अधिकार प्रदान गरिएको र चुनावमा ८ हजार पर्यवेक्षक परिचालन गरिएको बताउनुभयो ।

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


